Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्दै सर्वोत्तम सिमेन्ट

फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्दै सर्वोत्तम सिमेन्ट

काठमाडौं, ३ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

यसअघि कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाट गरिसकेको छ ।

उक्त आईपीओ बाँडफाट पश्चात कम्पनीले सर्वसाधारणका लाग विक्री गर्न लागेको हो ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले फागुन १६ गतेसम्म आवदेन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा  फागुन १६ गतेसम्म कम्पनीले भनेजति शेयरमा आवेदन नपरेमा फागुन २७ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x