Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

साताको शेयर बजारः ३४ दशमलव २९ अंकले घट्यो नेप्से परिसूचक

साताको शेयर बजारः ३४ दशमलव २९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ५ फागुन । यो साता शेयर बजार ३४ दशमलव २९ अंकले घटेको छ ।

यो साताको आइतबार १० दशमलव ५० अंकले घटेर २ हजार ८५ दशलमव ८२ अंकमा झरेको थियो ।

सोमबार १५ दशमलव ३३ अंकले नेप्से बढ्दै २०११ दशमलव १६ अंकमा उक्लिएको थियो । तर, सोमबार भएको मौद्रिक नीति सार्वजनिक पश्चात मंगलबार बजार ३० दशमलव ५६ अंकले घट्दै २ हजार ७० दशमलव ५९ अंकमा झरेको हो ।

त्यस्तै, बुधबार ५ दशमलव ९१ अंकले नेप्से बढ्दै गर्दा अन्तिम कारोबार दिन (बिहीबार) पुनः १४ दशमलव ४६अंकले घट्दै नेप्से सूचक २ हजार ६२ दशमलव शून्य ३ अंकमा झरेको छ ।

यो साता २० अर्ब बढीको शेयर कारोबार भएको छ । ५ कारोबार दिनमा ३ कारोबार दिन नेप्से सूचक ओरालो लाग्दा यो साता कूल २० अर्ब २३ करोड ८४ लाख ६० हजार २२९ दशमलव ७ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यो साता मार्केट क्यापिटलाइजेशन ५३ अर्ब ८९ करोड ९७ लाख रुपैयाँले घट्दै ३२ खर्ब ४१ अर्ब २४ करोड ५० लाख रुपैयाँ कायम भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x