Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आजदेखि

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आजदेखि

काठमाडौं, ५ फागुन । “स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने नाराका साथ चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु भएको  । स्वावलम्बन विकास केन्द्रको आयोजनामा उक्त सम्मेलन भएको हो ।

सम्मेलन मुख्यरुपमा लघुवित्त सेवालाई स्वस्च्छ, स्वस्थ र सक्षम बनाउन तथा लक्षित वर्गको सामाजिक, आर्थिक समृद्धि स्थापित गर्ने अस्त्रकोरुपमा अगाडी बढाउने उपायहरु खोज्न केन्द्रित गर्ने जनाएको छ ।

हाल देखा परेका समस्या र चुनौतिको लेखाजोखा गरी लघुवित्त क्षेत्रलाई समय सापेक्ष बनाउन ठोस कार्य गर्नु पर्ने समय आएको छ । यसको लागि नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधीहरु, लघुवित्त गर्ने संस्थाका नेतृत्ववर्ग, सञ्चालक, जनताको घरदैलोमा सेवारत लघुवित्तकर्मी, सेवा ग्राही सदस्य, जनप्रतिनिधि लगायत सबै सरोकारवालाहरु एकै थलोमा बसेर आ -आफ्ना भोगाई, सिकाई, अनुभव र ज्ञानहरुको आदान प्रदान र विचारहरुको मन्थन गर्नु जरुरी रहेको भन्दै सम्मेलन भएको हो ।

सम्मेलनले विशेषतः लघुवित्त गर्ने संस्थाहरुलाई आफ्नो कार्य क्षेत्रमा रहेका गाउँ वा समुदायलाई सजग र सचेत बनाई स्थानीय स्तरमा उपलब्ध प्राकृतिक, मानवीय तथा साँस्कृतिक श्रोतको जगेर्ना र समुचित परिचालन गरी आम्दानी बढाउन ती गाउँ वा समुदायलाई वातावरणमैत्री स्वावलम्बन गाउँको रुपमा विकास गर्दै लैजाने विषयमा छलफल भएको छ ।

हाल लघुवित्त वित्तीय संस्थाहरु र लघुवित्त गर्ने सहकारी संस्थाहरुले नेपालको ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरी रहेका छन् । हाल ५७ वटा लघुवित्त संस्थाहरुले ५०८२ शाखाहरु मार्फत करिब ६० लाखलाई लघुवित्तमा आवद्ध गरेका छन् । यस मध्ये २८ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाहरुले रु।४३२ अरब भन्दा वढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्त वाहेक ५० वटा जति लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरू पनि क्रियाशील छन् ।

यसअघि “उद्यमशीलताको विकास, गरिबी निवारणको निकास” नारा सहित पहिलो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ सालमा, “स्वच्छलघुवित्त, हाम्रो अभियान” नाराका साथ दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७५ सालमा र “घरघरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ” भन्ने नाराका साथ तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७८ सालमा सम्पन्न भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x