Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आईपीओ निष्कासन गर्दै पशुपति रिन्यूएबल्स लिमिटेड

आईपीओ निष्कासन गर्दै पशुपति रिन्यूएबल्स लिमिटेड

काठमाडौं, १८ फागुन । पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारितका लागि चैत ७ गते साधारण सभा बोलाएको हो । सभा काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन्समा उक्त दिन दिउँसो साढे २ बजे शुरु हुनेछ ।

सभाले आईपीओ निष्कासन गर्नेसहित कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारितका लागि सभामा पेस गरिनेछ । त्यस्तै कम्पनीले निर्माण गर्ने आयोजनाको लागि कर्जा सुविधा प्राप्त गर्ने प्रस्ताव पनि सभामा पेस गरिने छ ।

त्यस्तै, गत आर्थिक वर्ष २०७९/८० को वार्षिक वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारितका लागि सभामा पेस गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x