Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आइजीआई प्रुडेन्सियलको २६ औं वार्षिक साधारण सभा सम्पन्न, ६ सञ्चालक निर्वाचित

आइजीआई प्रुडेन्सियलको २६ औं वार्षिक साधारण सभा सम्पन्न, ६ सञ्चालक निर्वाचित

काठमाडौं, २० फागुन । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीकाे २६ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । आइतबार साधारणसभाले साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष हेम राज ढकालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

गत बैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स लि र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बीमा क्षेत्रमा सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न सफल भएको छ ।

देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नको लागि ठूलाठूला मेगा प्रोजेक्टहरुको स्थापना हुनु पर्नेमा विशेष जोड दिर्दै अध्यक्ष ढकालले नेपालमा विकास निर्माणको लागि सड्क, जलविद्युत, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेकोले सरकारले उच्च प्राथमिकताका साथ लगानी मैत्रि वातावरणको सिर्जना गरी स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्रोत्साहन गर्न सके देश भित्रै रोजगारी सिर्जना गर्न सकिने बताए ।

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सूचना प्रबिधिको माध्यमबाट समेत सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य रहेकाे बताए ।

सम्पन्न सभाले संस्थापक समूहबाट ६ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको हो। सभाले विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल, हेम राज ढकाल र कृति टिवडेवाल सहित सर्वसाधारण समूहतर्फ राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाललाई निर्वाचित गरेको छ।निर्वाचित संचालकहरुको कार्यअवधि चार वर्ष रहने छ ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x