सिङ्गटी हाइड्रो इनर्जीको हकप्रद सेयर बाँडफाँड
काठमाडौं, २ चैत । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयरहरू बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीले गत पुस २१ गतेसम्म कायम साविक सेयर धनीहरूका लागि १ कित्ता सेयर बराबर नयाँ १ कित्ता (१ः१) सेयरको अनुपातमा प्रति सेयर १०० रुपैयाँ अङ्कित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
जसमध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २०० जना सेयर धनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद सेयर फागुन ३० मा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।