Date

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

फागुनमा ५० हजार ९९८ संख्यामा घरजग्गा किनबेच

फागुनमा ५० हजार ९९८ संख्यामा घरजग्गा किनबेच

काठमाडौं, ४ चैत । चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनामा ५० हजार ९९८ संख्यामा घरजग्गा किनबेच भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबार स्थिर रहेको हो।

तथ्यांक अनुसार माघ महिनामा ५० हजार २१ संख्यामा घरजग्गा किनबेच भएको भएको थियो ।

घरजग्गा किनबेचबाट फागुनमा सरकारलाई ३ अर्ब ५९ करोड २६ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ।

माघमा महिनामा अर्ब ३७ करोड ५७ लाख रूपैयाँ मात्रै राजस्व प्राप्त भएको थियो। गत आर्थिक वर्ष फागुन महिनाको तुलनामा भने यो वर्ष फागुन महिनामा २५ दशमलव १९ प्रतिशतले घरजग्गा किनबेच बढेको छ। गत वर्ष फागुनमा ४० हजार ७३४ संख्यामा मात्रै घरजग्गा किनबेच भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *