आशा लघुवित्तले लाभांश नदिने
काठमाडौं, ४ चैत । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
चैत २ गते, शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यससँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।