Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘लगानी सम्मेलन गर्न हतारिनु हुँदैन, तयारीका धेरै काम बाँकी छन्’ (भिडियाेसहित)

‘लगानी सम्मेलन गर्न हतारिनु हुँदैन, तयारीका धेरै काम बाँकी छन्’ (भिडियाेसहित)

काठमाडाैं, १४ चैत । आगामी बैशाख १६ र १७ गते हुने लगानी सम्मेलन सत्ता समिकरण फेरबदल सँगै अन्योल सिर्जना भएको थियो । तर नयाँ अर्थमन्त्रीमा वर्षमान पुनले पूर्ववर्ती सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले अघि बढाएको सम्मेलनको तयारीका कामलाई निरन्तरता दिनुहुने बताए । आफु अर्थमन्त्री बनेपछि पुनले लगानी सम्मेलन निर्देशक समितिको चौंथो बैठक डाँक्दै आवस्यक गृहकार्यलाई तिब्रता दिन निर्देशन दिएका थिए ।

तर, अस्थीर सरकार, एनसेल प्रकरण, नीजि क्षेत्रमाथिको अविस्वासको वातावरणले विश्वमै नेपालमा लगानीको वातावरण छैन भन्ने सन्देश गएकोले लगानी सम्मेलनका लागि हतारीन नहुने अर्थविद् केशव आचार्यले बताए ।

लगानी सम्मेलन कुनै निश्चित निकायले नभई सरकारले स्वामित्व लिनुपर्ने ठूलो र महत्वपूर्ण कार्यक्रम हो । यसका लागि लगानी बोर्ड मात्रै नभई अर्थ मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय तथा परराष्ट्र मन्त्रालय पनि उतिकै जिम्मेवार हुनुपर्छ। तर, गत पुसमै सरकारले लगानी सम्मेलनको मिति तय गरेपनि यसका लागि गर्नपर्ने कामहरु बाँकी रहँदा सम्मेलन अर्थपूर्ण बन्न नसक्ने विज्ञहरुको तर्क छ।

वैशाखको लगानी सम्मेलनलाई हेर्ने हो भने धेरै कम समय मात्र बाँकी छ । यस्तोमा कानूनहरु संशोधन देखि लगानी बोर्डको कार्यालयलाई सुढृढ बनाउनेसम्मका कामहरु तिब्र रुपमा अघि बढाउनुपर्ने लगानी बाेर्ड नेपालका पूर्व सिइओ राधेश पन्तले बताए ।

तेस्रो लगानी सम्मेलनको तयारीको नेतृत्व यसभन्दा अघिको गठबन्धन सत्तामा रहँदाका अर्थमन्त्री डा. महतले गरेका थिए । उनले लगानी सहजिकरणका लागि १० कानून र २ नियमावली संशोधनको प्रकृया अगाडी बढाएका थिए । तर हाल उक्त संशोधन प्रक्रिया अन्योलमा देखिएको छ भने विदेशी मुद्रामा लगानी गर्नेहरूलाई विनिमय दरबाट हुने जोखिम नियन्त्रण गर्न ल्याइएको ‘हेजिङसम्बन्धी नियमावलीको स्पष्ट कार्यदिशा आउन सकेको छैन । यस्तोमा सरकारले लगानी सम्मेलन गर्नुपूर्व पहिले गरिएको प्रतिबद्धताहरू पूरा गरी नीजि क्षेत्रलाई विश्वासमा ल्याउनु पर्ने चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालकाे भनाइ छ ।

सम्मेलनको ३५ दिन बाँकी रहँदा हालसम्म लगानी सम्बन्धी विभिन्न निकायसँग २५ वटा बैठक सम्पन्न भएको बोर्डले जनाएको छ । यस्तै बोर्डले कार्यक्रम प्रवद्र्धन, कार्यक्रमको व्यवस्थापन सम्बन्धी कामहरु र सम्बन्धित मन्त्रालयहरू तथा निजी क्षेत्रका छाता संगठनसँग समन्वय गर्दै आइरहेको छ ।

यस्तै सम्मेलनअघि बोर्डले विभिन्न देशका राजदूतावासमा लगानी सम्मेलनसम्बन्धी प्रि–इभेन्टहरू आयोजना गर्ने तयारी समेत गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x