एभरेष्ट बेैंकद्घारा ग्लोबल मनी वीक २०२४ को उपलक्ष्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं, १४ चैत । नेपाल राष्ट बैंकको संयोजनमा बिगत वर्षहरु जस्तै यस वर्ष पनि एभरेष्ट बेैंकले मिति २०८०/१२/०५ देखी सप्ताव्यापी अभियान अन्तर्गत ग्लोबल मनी वीक २०२४ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीमा वित्तीय शिक्षाको महत्व जागरण गरायो ।
Protect Your Money, Secure Your Future भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइयो ।