Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया छिटो अघि बढाउन अर्थमन्त्रीको निर्देशन

धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया छिटो अघि बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, १४ चैत । अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकको क्रममा मन्त्री पुनले बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन सचिव पुष्करलाई निर्देशन दिएका हुन् ।

‘यस्तै मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्यसम्पादन गर्न थालेकामा चिन्ता जनाए । ‘नियामक निकायले कार्यकारीको काम गर्दा पनि पुँजीगत खर्च कम भएको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि डेढ दर्जन बढीको आवेदन परेको छ। बोर्डको अध्यक्षका लागि आवेदन दिनेमा नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा. नबराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्ण पोखरेल छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *