Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड नाघ्याे, १४.८ महिनाको वस्तु आयात धान्ने

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड नाघ्याे, १४.८ महिनाको वस्तु आयात धान्ने

काठमाडाैं, २३ चैत । चालु आर्थीक वर्षको फागुन मसान्तमा विदेशी विनिमयसञ्चिति २१.७ प्रतिशतले वृद्धि भई रु.१८७२ अर्ब ८२ करोड पुगेको छ । २०८० असार मसान्तमा यस्ताे कुल विदेशी विनिमय सञ्चिति रु.१५३९ अर्ब ३६ करोड थियाे ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई रु.१६४४ अर्ब ६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० फागुन मसान्तमा १८.२ प्रतिशतले वृद्दि भई रु.२२८ अर्ब ७६ करोड कायम भएको छ ।

२०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x