Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

आठ महिनामा ४ प्रतिशतले बढ्याे कुल आन्तरिक कर्जा

आठ महिनामा ४ प्रतिशतले बढ्याे कुल आन्तरिक कर्जा

काठमाडाैं, २३ चैत । आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा कुल आन्तरिक कर्जा ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ४.५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ६.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा यस्तो दावी २१.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ४.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.७ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x