Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कामना सेवा विकास बैङ्कद्वारा ‘केएसबिबिएल स् फाइनान्सियल फुटस्टेप्स’ भिडिओ शृङ्खला सार्वजनिक (भिडिओसहित)

कामना सेवा विकास बैङ्कद्वारा ‘केएसबिबिएल स् फाइनान्सियल फुटस्टेप्स’ भिडिओ शृङ्खला सार्वजनिक (भिडिओसहित)

काठमाडौं, २६ चैत । कामना सेवा विकास बैङ्कले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज ‘केएसबिबिएलः फाइनान्सियल फुटस्टेप्स’को टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा बैङ्कले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैङ्कले जनाएको छ ।

१३ वटा श्रृङ्खला भएको सो भिडियो विभिन्न आर्थिक चुनौतीहरू र माईलस्टोनहरू पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरूको सेटको जिवनलाई पछ्याउँछ । प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरूमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्त्वलाई प्रस्तुत गरिएको छ ।

भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा–कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैङ्कले जनाएको छ । सो भिडियो सिरिज प्रत्येक हप्ताको आइतबार बैङ्कको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैङ्कले जनाएको छ ।

बैङ्कले बचत, ऋण तथा बैंकिङ कारोवार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

डिजिटल प्रविधिलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैङ्कले देशका विभिन्न स्थानमा रहेका १३५ सञ्जाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x