तेस्रो त्रैमाससम्म पुँजीगत खर्च ७ अर्ब ३७ करोड रुपैयाँ
काठमाडौं, २ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा पुँजीगत खर्च ३२ दशमलव २४ प्रतिशत पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ विनियोजन भएकामा चैत मसान्तसम्मको ९ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ बराबर खर्च भएको हो।
चालु आर्थिक वर्षका लागि लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । हालसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१ दशमलव ९३ प्रतिशत अर्थात् ९ खर्ब ९ अर्ब ३९ करोड १४ लाख रुपैयाँ बराबर रहेको छ ।
चालुगत शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर विनियोजन भएकामा हालसम्म ५६ दशमलव ४१ प्रतिशत अर्थात् ६ खर्ब ४४ अर्ब २ करोड ५४ लाख रुपैयाँ बराबर खर्च भएको छ ।