प्रतितोला २२ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, २ बैशाख । सालको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । यसदिन सुनको मूल्यमा प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदी को मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन १ लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भैरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँको उच्चस्तरमा पुगेको थियो । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।
आईतबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर १ हजार ७०० रुपैयाँमा किनबेच भैरहेको छ ।