Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

सूर्यज्योतिले मनायो आफ्नो १६ औं वार्षिकोत्सव

सूर्यज्योतिले मनायो आफ्नो १६ औं वार्षिकोत्सव

काठमाडौं, ११ वैशाख । जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स क. लि. र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाईफ इन्स्योरेन्स क. लि. बीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स क. लि. ले २०७९ पौष ७ गते आफ्नो संयूक्त कारोबार सूरु गरेको थियो ।

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिदै आएको छ । नेपालको एकमात्र तथा पहिलो ISO 9001:2015 बाट सम्मानित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी रु ४५४ करोड, जीवन बीमाकोष रु ३,२०० करोड, कुल लगानी रु ३,७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको छ ।

कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसंग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x