Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

ह्वाइट लोटस पावर लिमिटेडले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट

ह्वाइट लोटस पावर लिमिटेडले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट

काठमाडौं, ११ वैशाख । ह्वाइट लोटस पावर लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी पुँजीको २६ प्रतिशतले हुन आउने १२ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको जनाएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त भएको बताइएको छ ।

आइपिओ निष्कासन तथा बिक्रीसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका कार्यकारी निर्देशक सुमनकुमारी जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले लमजुङमा ६.८२ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x