पहिरोको जोखिमा प्राविधिक परीक्षण नगरिएका सडकहरु
काठमाडौ,२० असार । ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिक परीक्षण नगरी निर्माण गरिएका सडकहरुमा बर्षादको समयमा पहिरोको जोखिमा बढी हुने गरेको छ । वातावरणीय मुल्याङ्कन एव प्रविधिक परिक्षण नगरी निर्माण गरिएका त्यस्ता सडक बर्षादमा पहिरो जादा धेरैको ज्यान जाने क्रम बढ्दै गएको छ । पछिल्ला दिनहरुमा विकासका नाममा प्रविधिक परिक्षण विनै सडक निर्माण गर्ने प्रवृत्ति बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । सडकलाइ नै विकास ठान्ने प्रवृतिका अनुशार भौगोलिक अवस्थिति जोखिमा ख्याल नै नगरी डोजर र एक्काभेटरको प्रयोग गरेर सडक निर्माण गरिनाले पहिरोको मात्रा बढ्दै गएको हो । बाढी पहिरोमा परी यस वर्षमात्र हालसम्म २७५ जनाको मृत्यु भएको छ । ४८ जना हराएका छन् ।
देशभर निर्माण भएको कूल सडक मध्ये १.३५ प्रतिशतको मात्र रोड सेफ्टी अडिट भएको पाइएको छ । जुन विषय सडक शुरक्षासंग अभिन्न रुपले जोडिएको हुन्छ । अहिले देशभर रणनीतिक र ग्रामीण समेत गरेर ८० हजार ४ सय ९५ किमि सडक निर्माण भएको छ ।
विस्तारीत सडक सञ्जालको ८१ प्रतिशत सडकको निर्माण प्राविधिक अध्ययन विनै हुने गरेको मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहतमा १३ हजार किलोमिटर सडकमात्रै निर्माण गरिएको छ ।
नयाँ सडहरुको निर्माण सँगै मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम रहेको छ । त्यसैगरी पृथ्वि राजमार्ग र पासाङल्हामु राजमार्ग, बुटवल–पाल्पा, , नेपालगञ्ज–सुर्खेत–जुम्ला, धनगढी–डडेल्धुर, बनेपा–बर्दिवास सडकखण्डका साथै ओखलढुंगा, सोलुखुम्बु, धादिङ, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, पूर्वि पहाडका धेरैजसो जिल्लासमेत पहिरोको जोखिममा रहेका छन् । जथाभावि निर्माण गरिएका सडक संरचना साथै वन फँडानी तथा अन्य मानवीय अतिक्रमणले बाढी पहिरोको जोखिम समेत थप बढाएको छ