Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

इन्टरनेटको पहुँच विस्तारका लागि दक्षिण एसिया दूरसंचार नियामक कार्याशाला

इन्टरनेटको पहुँच विस्तारका लागि दक्षिण एसिया दूरसंचार नियामक कार्याशाला

काठमाडौ,२० असार । दक्षिण एसियाली दुरसंचार नियामक काउन्सिलको नीति, नियमावली र सेवा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठमाडौंमा जारी छ । दुरसंचारको क्षेत्रमा हासिल गरिएका उपलब्धी र समस्यामा छलफल गरिनुका साथै दक्षिण एसियाली क्षेत्रमा कनेक्टीभिटी र इन्टरनेटको पहुँच विस्तार गर्ने विषयमा छलफल गर्न आयोजना गरिएको कार्यशालमा ९ मुलुकका प्रतिनिधिको सहभागिता रहेको छ । कार्यशाला तीन दिन सम्म चल्ने छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले कार्यशालाको उद्घाटन गर्दै आफूहरुले डिजिटल नेपालको परिकल्पना गरेको बताए। सूचना प्रविधिमा सबैको पहुँच पुर्‍याउनका लागि पूर्वाधार निर्माणमा मुलुक लागेको बताउँदै संचारमन्त्री बास्कोटाले प्रविधि र गरिबीका बीचको लडाई अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x