Date

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

काठमाडाैं, १५ वैशाख ।आर्थिक वर्ष २०७९/८० मा सबभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रूपमा ग्लोबल आइएमई बैंक लिमिटेड सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा २०७९/८० मा सबभन्दा बढी, २१.१ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई सम्मानित भएको हो।

राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गरे।

रेमिटेन्स आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकाले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सव अवसरमा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैकं तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *