Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

लक्ष्मी बैंकको ८६औँ शाखाबाराको जितपुरमा

लक्ष्मी बैंकको ८६औँ शाखाबाराको जितपुरमा

काठमाडौं, २० असार । लक्ष्मी बैंकले जितपुरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु र विशेषगरी कृषि व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । बारा जिल्लामा यो बैकंको दोस्रो शाखा हो ।

बैंकको हाल ४३ जिल्लामा ८६शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गर्दै जाने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x