Shangrila

कहिलेबाट फर्किएला त शेयर बजार ?

काठमाडौं, २० असार । शेयर बजार अहिले वियरिस ट्रेन्डमा रहेको छ । नयाँ सरकारको गठन पछि शेयर बजार घट्दोक्रममा नै रह्यो । यसरी घट्नेक्रममा शेयर बजारमा १२ सय विन्दु तल पुगेको छ ।

शेयर बजार हालसम्मको उच्चतम विन्दु १८८१ पुगेर तल झरेको नेप्से परिसुचकले ६९० भन्दा बढि अंक घुमाइसकेको छ । शेयर बजारमा अर्ब माथिको कारोबार हुने गरेकोमा अहिले २० करोड रुपैयाँको आसपासमा कारोबार भैरहेको छ । शेयर लगानीकर्ताहरुका उदासिनता छाएको कारण पनि नेप्से परिसुचकले गति लिन नसकेको हो ।

यता शेयर बजारले मुलुकको आर्थिक पाटोलाई चित्रण गर्दछ । तर हाम्रो मुलुकको शेयर बजार र आर्थिक अवस्था ठिक उल्टो घुमेको छ । कारण के भन्दा आर्थिक परिसुचक विगतको तुलनामा सुधारात्मक भएको छ भने नेप्से परिसुचक घट्दोक्रममा रहेको छ । बढ्दो व्याजदर, शेयरको आपुर्तिमा भएको वृद्धि, लाभकर, अनलाईन कारोबार, मार्जिन लेन्डिङ लगाएतका विषयहरुमा अहिले शेयर बजार घुमेको छ । यहि विषयहरुको परिधीमा शेयर बजार घुमेको कारण लगानीकर्ताहरुमा अन्यौलता छाएको छ ।

आज बुधबार शेयर बजारमा सुधार देखिएको छ । शेयर बजारको आधारभुत विश्लेषण गर्दा नेप्से बढ्ने कारण खासै नभएको देखाउँछ । व्याजदरमा सन्तुलन, मौद्रिक नीति सार्वजनिक, मार्जिन लेन्डिङको कार्यविधी लगाएतको कारणले नेप्से तत्काल बढ्ने अवस्थामा नरहेको आधारभुत विश्लेषणले बताउँछ । तर केहि प्राविधिक विश्लेषकहरुले भने नेप्से बढ्ने सम्भावना रहेको बताउँछन् । यद्यपी शेयर बजार लगानीकर्ताहरुको मनोविज्ञानको आधारमा चल्छ । नेप्से बढ्ने र घट्ने नै शेयर बजारको सुन्दरता हो । तर नेप्से अप्रत्यासित रुपमा घट्यो र बढ्यो भने चनाखो हुन आवश्यक रहन्छ ।

बुधबार शेयर बजार ८.०४ अंकले बढेर ११८८.४ विन्दुमा पुगेको छ । यस्तै कुल १६९ कम्पनीको ८ लाख ३३ हजार ८९१ कित्ता शेयरको किनबेचबाट २५ करोड ३४ हजार ६०९ रुपैयाँको कारोबार भएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *