Shangrila

सरकारी खर्च वृद्धि भएसँग बैंकको निक्षेप बढ्न थाल्यो, निक्षेप संकलन र ऋण प्रवाहमा सन्तुलन

काठमाडौं, २१ असार । निक्षेप संकलन र कर्जा प्रवाहमा सन्तुलन मिलाउन नसकेर वर्षैभरी कर्जा निक्षेप अनुपातको नियामकीय सीमा नाघ्ने अवस्थामा पुगेका बैंक तथा वित्तिय संस्थाहरुमा निक्षेप वृद्धिसँगै सो अवस्थामा सुधार आएको छ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनले पछिल्लो २ महिनामा मात्रै बैंकहरुको निक्षेप १०३ अर्ब रुपैँयाले वृद्धि भएको जनाएको छ । ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुको स्थानीय मुद्राको निक्षेप परिचालन कुल २९५ अर्ब रुपैँया रहेकोमा वैशाख १५ देखि असार १५ को अवधिमा मात्रै १०३ अर्ब रुपैँया निक्षेप संकलन भएको छ ।
यो अवधिमा बचत परिचालन एक सय अर्ब नाघेको भए पनि कर्जा लगानी भने ७३ अर्ब रुपैँयाले मात्र वृद्धि भएको छ । निक्षेपको तुलनामा कर्जा लगानीमा सुधार आए पनि अघिल्ला महिनाहरुको निक्षेपको तुलनामा उल्लेख्य कर्जा लगानी वृद्धि भएकाले २८ वाणिज्य बैंकहरुको औसत कर्जाको तुलनामा निक्षेप र प्राथमिक पुँजीको योगको अनुपात ७९ दशमलव ५१ प्रतिशत छ जबकि नियामकीय आवश्यकता अनुसार उनीहरु ८० भन्दा माथि जान सक्दैनन् ।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा बैंकहरुले कुल २९५ अर्ब रुपैँया निक्षेप बढाएका छन् । जबकी कर्जा लगानी ३५९ अर्बले बढेको छ । मध्य असारसम्म बैंकहरुको कुल निक्षेप २२ खर्ब ९६ अर्ब रुपैँया पुगेको छ भने कर्जा लगानी २० खर्ब ८० अर्ब रुपैँया रहेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *