Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

राजश्व न्यायाधिकरणमा सिलवाल सिफारिश

राजश्व न्यायाधिकरणमा सिलवाल सिफारिश

काठमाडौ, असार २१ ।  राजश्व न्यायाधिकरण अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश किशोर सिलवाललाई सिफारिश गरिएको छ  । न्याय परिषद्को बैठकले संविधानको धारा १४३ बमोजिम सिलवाललाई काठमाडौँमा रिक्त कानून सदस्य एवं अध्यक्ष पदमा तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको हो ।

राजस्व  न्यायाधिकरण राजस्वसम्बन्धी विवादमा तल्लो तह वा निकायले गरेको निर्णयउपर पुनरावेदन सुन्ने विशिष्टीकृत अदालत हो ।  राजस्व  न्यायाधिकरणमा कानुन सदस्य (उच्च अदालतको न्यायाधीश वा हुने योग्यता पुगेको अध्यक्ष रहने व्यवस्था छ ।  आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, बहाल कर, भन्सार महसुल निर्धारण, पूर्वादेश, भन्सार चोरीपैठारी, भन्सार वर्गीकरण, भन्सार मूल्याङ्कन, बढी महसुलजस्ता मुद्दामा पुनरावेदन सुन्ने यसको क्षेत्राधिकार रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x