Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

धितोपत्र बोर्डद्वारा नीति तथा कार्यक्रमका लागि राय-सुझाव माग

धितोपत्र बोर्डद्वारा नीति तथा कार्यक्रमका लागि राय-सुझाव माग

काठमाडौं, २९ वैशाख । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग राय तथा सुझाव मागेको छ । बोर्डले शुक्रबार एक सूचना प्रकाशित गर्दै धितोपत्र बजार तथा वस्तु विनियमावली बजार सम्बन्धी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि राय तथा सल्लाह–सुझाव माग गरेको हो ।

बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवाला पक्षहरुसँग राय तथा सल्लाह–सुझाव लिँदै आएको छ । सबै सरोकारवालाहरुलाई बजारको विकास तथा सुधारका लागि रचनात्मक राय सल्लाह सुझाव जेठ १५ गतेसम्ममा इमेलमार्फत पेश गर्न बोर्डले आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x