Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं, ११ जेठ । सुनको प्रतितोला मुल्य ओरालो लागेको छ । बिहिबार प्रतितोला १ लाख ३८ हजार ७०० रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ३६ हजार ९ सयमा कारोबार भएको छ । एकैदिन तोलामा १८ सय रुपैयाँले सुनको मुल्य ओरालो लागेको हो ।

साताको सुन रिपोर्ट ( प्रतितोला)
आइतबारः रु.१,४०,९००
सोमबारः रु.१,४१,८००
मंगलबारः रु.१,४०,६००
बुधबारः रु.१,४०,५००
बिहिबारः रु.१,३८,७००
शुक्रबारः रु.१, ३६,९००
साताको सुरुमा उकालो लागेको सुनको मुल्य साताको अन्त्यसम्म ओरोलो लागेको हो । साताको सुरुमा करिब १ लाख ४२ हजार तोला पुगेको सुन साताको अन्त्यसम्ममा आइपुग्दा तोलामा करिब ६ हजारले घटेको देखिन्छ । गत साताको शुक्रबार सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x