त्रिभुवन विमानस्थलको रनवेमा स्क्रयाच
काठमाडौं, ११ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलको रनवे(धावनमार्ग) मा स्क्रयाच आएपछि मर्मतका लागि विमानस्थल बन्द गरिएको हो ।
धावनमार्गको जिरो टु (कोटेश्वरतिर) धावनमार्गमा स्क्रयाक्च भएको प्रवक्ता सुवास झाले बताए । रनवेको बिग्रिएको भाग मर्मतका लागि अहिले केहि समय विमानस्थलको आन्तरिक तथा बाह्य उडान बन्द गरिएको छ ।