Date

बिहि, भदौ १२, २०८२
Thu, August 28, 2025

नेपाल–चीन सीमा, व्यापार र सडक सुधारमा छलफल

नेपाल–चीन सीमा, व्यापार र सडक सुधारमा छलफल

काठमाडाैं, १२ भदाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चीनको सामान्य भन्सार प्रशासनका उपमन्त्री तथा सीपीसी कमिटी सदस्य वाङ लिङ्जुनसँग शिष्टाचार भेटघाट गरेका छन्।

अर्थमन्त्री सचिवालयका अनुसार, भेटका क्रममा नेपाल–चीन भन्सार व्यवस्थापन र हालैको बाढीबाट क्षतिग्रस्त रसुवा सीमा पुल र सडक पुनर्निर्माणबारे विशेष छलफल भएको थियो।

त्यसैगरी, पूर्व सम्झौताअन्तर्गत सडक पूर्वाधार सुधार, दुई देशबीचको द्विपक्षीय व्यापार, र अघिल्ला सम्झौताहरूको कार्यान्वयनसम्बन्धी विषयहरूमा पनि छलफल गरिएको थियो।

छलफलमा दुवै पक्षले व्यापार, पूर्वाधार विकास र सीमा व्यवस्थापनमा सहयोग निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *