Date

बिहि, भदौ १२, २०८२
Thu, August 28, 2025

अण्डाको मूल्य फेरि बढ्यो, खुद्रा २३ रुपैयाँ पुगे

अण्डाको मूल्य फेरि बढ्यो, खुद्रा २३ रुपैयाँ पुगे

काठमाडाैं, १२ भदाैं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि वृद्धि गरेको छ। संघको कार्यकारिणी समितिको निर्णयअनुसार नयाँ मूल्य भदौ १५ गतेदेखि लागू हुने भएको छ।

संघले तोकेको नयाँ फार्म-होलसेल मूल्यअनुसार:

  • ठूलो अण्डा प्रति क्रेट : ५४५ रुपैयाँ
  • मध्यम अण्डा प्रति क्रेट : ५३० रुपैयाँ
  • सानो अण्डा प्रति पेटी : ३,००० रुपैयाँ

उपभोक्ताका लागि नयाँ खुद्रा मूल्य भने:

  • प्रति गोटा : २३ रुपैयाँ
  • २ गोटा : ४५ रुपैयाँ

यसअघि भदौ ४ गते अण्डाको मूल्य समायोजन गरी ठूलो अण्डाको क्रेट मूल्य ५३० रुपैयाँ र मध्यम अण्डाको ५१५ रुपैयाँ तोकिएको थियो।

संघले चितवनबाट अण्डा बिक्री डिपोहरूमा लोड गर्दा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ अतिरिक्त खर्च लाग्ने जानकारी पनि दिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *