Date

बिहि, भदौ १२, २०८२
Thu, August 28, 2025

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापनाका लागि लगानी बोर्ड र दक्षिण कोरियाली कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापनाका लागि लगानी बोर्ड र दक्षिण कोरियाली कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैं, १२ भदाैं । नेपालमा पहिलोपटक ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना गर्ने उद्देश्यले नेपाल सरकार अन्तर्गतको लगानी बोर्ड र दक्षिण कोरियाली कम्पनी जि (फिलोस कम्पनी लिमिटेड) बीच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र फिलोस कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गा वु पार्कले हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार, फिलोस कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमति प्राप्त गरेपछि करिब १० महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नेछ।

हस्ताक्षर कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क ताए योङले विशेष मन्तव्य राख्दै, नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जाको अपार सम्भावना रहेको बताए। यस्ता परियोजनाहरूले नेपालका दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउने र नेपाल–दक्षिण कोरिया सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उनको विश्वास थियो।

कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा। राम प्रसाद धिताल, विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य तथा काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता डा। विराज सिंह थापाले ग्रीन हाइड्रोजनसम्बन्धी नीति, कानुनी व्यवस्था र बहुआयामिक फाइदाहरूका विषयमा मन्तव्य व्यक्त गरे।

लगानी बोर्डका सहसचिव बाबु राज अधिकारीको स्वागत मन्तव्यपछि प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समापन मन्तव्य दिँदै यस्ता परियोजनामा प्राज्ञिक क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने बताउँदै, अध्ययन सकिएपछि यथासक्य छिटो प्लान्ट स्थापना हुने प्रतिबद्धता जनाए।

फिलोस कम्पनीले २०८२ वैशाख १५ मा सार्वजनिक–निजी साझेदारी ९एएए० ढाँचामा ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापनाको प्रस्ताव लगानी बोर्डमा पेश गरेको थियो। लगानी बोर्डको ६३औं बैठकले उक्त प्रस्तावमा समझदारी गर्दै सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *