Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

नेपाल आयल निगम सबैभन्दा बढी आम्दानी गर्ने सार्वजनिक संस्थान

नेपाल आयल निगम सबैभन्दा बढी आम्दानी गर्ने सार्वजनिक संस्थान

काठमाडाैं, १८ जेठ । नेपालमा सञ्चालित ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थान नाफामा रहेका छन्। अर्थमन्त्रालयकाे प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा २६ संस्थान नाफामा, १५ वटा घाटामा र तीन वटाको कारोबार शून्य रहेको पाइएकाे हाे ।

जसमा उच्च नाफा आर्जन गर्ने संस्थानमा नेपाल आयल निगम र नेपाल विद्युत्‌ प्राधिकरण छन् भने उच्च घाटा खेप्ने संस्थानमा नेपाल वायु सेवा निगम र नेपाल खानेपानी संस्थान छन्।

नेपाल आयल निगमले आर्थिक वर्ष २०७९/८० मा निगमको खुद नाफा ११ अर्ब ७२ करोड ३० लाख भएको छ । आर्थिक वर्ष २०७८/७९ मा निगम ३८ अर्ब १७ करोड ७८ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।

यस्तै प्रतिवेदन अनुसार गत वर्ष नेपाल वायुसेवा निगमले ६५ करोड २९ लाख रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको छ। वायुसेवा निगमको अहिलेसम्मको नोक्सानी १६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x