Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

साताकाे अन्तिम काराेबार दिन दाेहाेराे अंकले घट्याे बजार, ४ अर्ब २१ करोडकाे काराेबार

साताकाे अन्तिम काराेबार दिन दाेहाेराे अंकले घट्याे बजार, ४ अर्ब २१ करोडकाे काराेबार

काठमाडाैं, १७ जेठ । साताकाे अन्तिम काराेबार दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ। नेप्से परिसूचक आज १९.८९ अंकले घटेर  २ हजार ६९ दशमलव ५३ को विन्दुमा पुगेको हो । हिजाे नेप्से परिसूचक २३ दशमलव ८१  अंकले घटेकाे थियाे ।

आज नेप्से परिसूचकसँगै काराेबार रकम पनि घटेकाे छ । यसदिन ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको काराेबार भएकाे छ । हिजाे ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको थियाे ।

आज काराेबार भएकाे बजारमा १७३ वटाको मूल्य घटेको छ  भने ७० वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ४ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

घटेकाे बजारमा नेपाल फाइनान्स लिमिटेड,अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवति हाइड्राेपावर विकास कम्पनी गरी ३ कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x