Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

घट्याे नेपाल आउने पर्यटकको संख्या, मे महिनामा ९० हजार पर्यटक मात्र नेपाल भित्रिए

घट्याे नेपाल आउने पर्यटकको संख्या, मे महिनामा ९० हजार पर्यटक मात्र नेपाल भित्रिए

काठमाडाैं, २१ जेठ । अंग्रेजी वर्ष २०२४ काे मेमहिनामा नेपाल आउने पर्यटकको संख्या घटेको छ । गत अप्रिलमा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएकाेमा मे महिनामा ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

गत अप्रिलको तुलनामा मे महीनामा पर्यटकको संख्या घटे पनि गत वर्षको सोही महीनाको तुलनामा भने १६ प्रतिशतले बढेको छ । सन् २०२३ को सोही महीनामा ७७ हजार ७०३ जना विदेशी पर्यटक आएका थिए ।

मेमा  ३८ हजार २८८ जना भारतीय पर्यटक नेपाल घुम्न आएका छन् । यस्तै, अमेरिकाबाट ८ हजार ५२७ जना नेपाल आएका छन् भने चीनबाट ८ हजार ३८१ जना नेपाल घुम्न आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x