Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

प्यारामाउन्ट मोटर्स प्रालि र नबिल बैंकबीच वित्तीय सुविधा उपलब्ध गराउने सम्झाैता

प्यारामाउन्ट मोटर्स प्रालि र नबिल बैंकबीच वित्तीय सुविधा उपलब्ध गराउने सम्झाैता

काठमाडाैं, २३ जेठ । विद्युतीय सवारीसाधन (इभी)को आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्स प्रालि र नबिल बैंकबीच वित्तीय सुविधा उपलब्ध गराउन सम्झाैता भएकाे छ ।

यो साझेदारीसँगै वुलिङ बिंगो इभीमा सामेल हुन चाहने ग्राहकले नबिल बैंकको वित्तीय सुविधा लिन सक्नेछन् । यसमा सात वर्षसम्मको फ्लोटिङ ऋण सुविधा र गाडीको ८० प्रतिशतसम्म मूल्यको फाइनान्सिङ सुविधा रहेको छ ।

ग्राहकले पाँच वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ स्थिर ब्याजदर या आधार दरसँगै प्रिमियम मोडलमा १ देखि ३ प्रतिशत अस्थिर ब्याजदर छनोट गर्न सक्नेछन् ।

साथै, बैंकले व्यक्तिगत कर्जाका लागि भ्याटबिलको ८० प्रतिशसम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्स गर्ने भएको छ । अटो लोनको अवधिका लागि बैंकको नीतिअनुसार अधिकतम सात वर्षसम्मको हुनेछ ।

वुलिङ इभीका पारखीको पहुँचमा पुर्‍याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ । नेपालमा विद्युतीय गतिशीलता प्रवर्द्धन गर्न वुलिङ बिंगो इभीलाई पहुँचयोग्य बनाउने लक्ष्यमा यो कोसेढुंगा सावित भएको कम्पनीको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x