Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

८ प्रतिशतले बढ्याे मुद्राप्रदाय, वैदेशिक सम्पत्ति कति ?

८ प्रतिशतले बढ्याे मुद्राप्रदाय, वैदेशिक सम्पत्ति कति ?

काठमाडाैं, ३० जेठ। आर्थिक वर्ष २०८०÷८१ को दश महिनामा विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ बैशााख मसान्तमा विस्तृत मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.३९२ अर्ब ६४ करोड (२६.९ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.२०९ अर्ब ४९ करोड (१८.२ प्रतिशत) ले बढेको थियो।

समीक्षा अवधिमा सञ्चित मुद्रा २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा सञ्चित मुद्रा १०.७ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x