Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१० महिनामा कुल वस्तु आयात २.४ प्रतिशत र निर्यात ३.६ प्रतिशतले घट्याे

१० महिनामा कुल वस्तु आयात २.४ प्रतिशत र निर्यात ३.६ प्रतिशतले घट्याे

काठमाडाैं, ३० जेठ।आर्थिक वर्ष २०८०÷८१ को दश महिनामा कुल वस्तु निर्यात ३.६ प्रतिशतले कमी आई रु.१२६ अर्ब १७ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४.५ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.६ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ६८.१ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, चिया, ब्रान्स लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को दश महिनामा कुल वस्तु आयात २.४ प्रतिशतले कमी आई रु.१३०३ अर्ब ३६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.८ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को दश महिनामा कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले कमी आई रु.११७७ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x