Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भुक्तानी सन्तुलन ४ खर्ब र चालु खाता १ खर्ब ९३ अर्बले बचतमा

भुक्तानी सन्तुलन ४ खर्ब  र चालु खाता १ खर्ब ९३ अर्बले बचतमा

काठमाडाैं, २९ जेठ। चालु आर्थिक वर्षको १० महिना मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) करिब ४ खर्ब बचतमा पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२०९ अर्ब ४९ करोडले बचतमा रहेको थियो ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष (२०८०/८१) को १० महिना तथ्यांकको आधारमा वर्तमान आर्थिक स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै भुक्तानी सन्तुलन करिब ४ खर्बले बचतमा पुगेको जनाएको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको छ ।

यस्तै चालु खाता बचत करिब २ खर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको १० महिनामा करिब ६४ करोडले घाटामा रहेकोमा चालु आवको सोही अवधिमा १ खर्ब ९३ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x