Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

काठमाडाैं, ३२ जेठ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा बिहीवार काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।

सभाले कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत हकप्रद शेयर जारी गर्ने सञ्चालक समितिले पेस गरेको प्रस्ताव पारित गरेको छ ।

हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । चुक्ता पूँजी वृद्धि हुने हुँदा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपातबमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेखन गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x