Date

बिहि, कार्तिक २२, २०८१
Thu, November 7, 2024

११ महिनामा पूँजीगत खर्च ४४ प्रतिशत मात्र

११ महिनामा पूँजीगत खर्च ४४ प्रतिशत मात्र

काठमाडाैं, ४ असार । चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा पूजीँगत खर्चकाे अवस्था दयनिय छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ ।

पुँजीगत शीर्षकमा सरकारले तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबरको बजेट विनियोजन गरेकामा जेठ मसान्तसम्ममा एक खर्ब ३४ अर्ब ९७ करोड ९२ लाख बराबर मात्रै खर्च भएको छ ।

यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x