Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एसईई परीक्षाकाे नतिजा बिहिबार बिहान सार्वजनिक हुने

एसईई परीक्षाकाे नतिजा बिहिबार बिहान सार्वजनिक हुने

काठमाडाैं, १२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भाेलि बिहान सार्वनजिक हुने भएकाे छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसे पनि केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएकाे छ ।

बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६।२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।

एसईई परीक्षा चैत्र १५ गतेदेखि २७ गतेसम्म चलेको थियाे । परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x