Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अब भारत र भुटानमा क्यूआर कोडबाटै १ लाखसम्म भुक्तानी गर्न सकिने

अब भारत र भुटानमा क्यूआर कोडबाटै १ लाखसम्म भुक्तानी गर्न सकिने

काठमाडाैं, १४ असार । अब क्युआर कोड मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने बाटाे खुलेकाे छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्रमा संशोधन गदै क्यूआरमार्फत विदेशमा पैसा पठाउन पाउने व्यवस्था गरेको हो ।

यसअघि कार्डमार्फत मात्रै दिईएको यस्तो सुविधा अब क्यूआरमार्फत पनि दिन लागिएको हो ।

यस व्यवस्थाअनुसार नेपालीले अब भारत र भुटानमा क्यूआरमार्फत मासिक एक लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् ।

यसैगरी नेपालमा कार्यरत भारतीयले पनि व्यक्तिगत तथा संस्थाको क्यूआरबाट भारतीय बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् ।

भारतीय रुपैयाँको सटही सुविधा क्यूआर कोड र विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी हुने गरीसमेत उपलब्ध गराउने सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

बैंकको निर्देशिका अनुसार भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आवद्ध क्यूआर कोड लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) मार्फत भारत र भुटानमा भुक्तानी हुने गरी उपलब्ध गराउन सकिनेछ । यसरी सटही सुविधा उपलब्ध गराउँदा राष्ट्रिय भुक्तानी स्वीच पूर्णरूपमा सञ्चालनमा नआएसम्म यो अन्तर्गतको रिटेल पमेन्ट स्विचको माध्यमबाट प्रदान गर्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x