उद्योग मन्त्रालयद्वारा ३ स्टार्टअप कम्पनी पुरस्कृत
काठमाडाैं, १४ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन स्टार्टअप कम्पनीलाई पुरस्कृत गरेको छ ।
औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधि प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट मुलुकको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै मन्त्रालयले तीन स्टार्टअप कम्पनीलाई पुरस्कृत गरेको हो ।
बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारीले ३ वटा नवप्रवर्तनकारी उद्यमलाई नगद दुई लाख रुपैयाँसहित पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनेमा झापाकाे हाइ हिमालय अर्गानिक, ललितपुरकाे माउन्टेन बी कन्सर्न र रुपन्देहीकाे आवास फर्निचर इन्डस्ट्रिज रहेका छन्।