Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब नाघ्यो, कर्जा लगानी ५१ खर्ब ४५ अर्ब

बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब नाघ्यो, कर्जा लगानी ५१ खर्ब ४५ अर्ब

काठमाडाैं, १७ असार । असार दाेस्राे सातासम्म बैंकिङ प्रणालीको निक्षेप ६३ खर्ब नाघेको छ । केन्द्रीय बैंकका अनुसार गत बुधबारसम्म वाणिज्य बैंकहरुमा ५५ खर्ब ८१ अर्ब निक्षेप संकलन भएको छ भने अन्य वित्तीय संस्थामा ७ खर्ब २१ अर्ब निक्षेप जम्मा भएको छ ।

यो अवधिमा कुल ५१ खर्ब ४५ अर्ब कर्जा लगानी भएको छ । जसमध्ये वाणिज्य बैंकहरुले ४५ खर्ब ५१ अर्ब तथा अन्य वित्तीय संस्थाले ५ खर्ब ९४ अर्ब कर्जा लगानी गरेका छन । यस अवधिमसम्म वित्तीय प्रणालीको सीडी रेसियो ७९.५१ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । तर, बैंकहरुको कर्जा लगानी बढ्न नसक्दा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै कम छ ।

राष्ट्र बैंकका अनुसार असार १६ गते आइतबारसम्म बैंकिङ प्रणालीमा ८४ अर्ब २८ करोड ६९ लाख अधिक तरलता रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x