Date

शनि, चैत्र २९, २०८१
Sat, April 12, 2025

एनआईसी एसिया बैंककाे मास्टर कार्ड सेवा सञ्चालनमा

एनआईसी एसिया बैंककाे मास्टर कार्ड सेवा सञ्चालनमा

काठमाडाैं, १७ असार ।एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टर कार्ड सेवा सञ्चालनमा ल्याएको छ । आइतबार पोखरामा एक कार्यक्रम गर्दै बैंकले मास्टर कार्ड सेवा सुरु गरेको हो ।

यससँगै डेबिट कार्डको रूपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट सेवाग्राहीले प्राप्त गर्न सक्ने भएका छन् । यस बाहेक मास्टर कार्डको छुट्‍टै डलर कार्ड समेत उपलब्ध गराउन सकिने बैंकले बताएको छ ।

बैंकका अनुसार यस कार्डमा अत्याधुनिक सुरक्षा प्रविधि ९ईएमभी चीप० तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत सेवाग्राहीले नेपाल, भारत र भुटानबाट एटीएम, पीओएस र ई(कमर्सको भुक्तानी लगायतका सुविधा प्रयोग गर्न सक्ने छन् । मास्टर कार्ड लिने ग्राहकका लागि पहिलो वर्ष निःशुल्क गरिएको छ ।

नयाँ सेवाको रूपमा मास्टर कार्ड सुरु गरे पनि सँगसँगै भिजा कार्डलाई समेत निरन्तरता दिइने बैंकले जनाएको छ । हाल मुलुकभर बैंकको ३६० शाखा कार्यालय, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर र ५१ वटा शाखा रहित शाखा सञ्जाल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x