मध्यरातमा कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, ओली पहिला प्रधानमन्त्री बन्दै
काठमाडाैं, १८ असार । नेपाली कांग्रेस र नेकपा एमालेबीच मध्यरातमा नयाँ सरकार बनाउने सहमति भएको छ । दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि सोमबार राति दुई दलबीच शीर्ष तहमा सहमति जुटेको हो ।
मंगलबार बिहान नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिनेछन् ।त्यसपछि कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गरिनेछ ।
दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।