सरकार परिवर्तनमा सहमति जुटेसँगै ५ प्रतिशतले बढ्याे सेयर बजार, ४० मिनेटलाई बन्द
काठमाडाैं, १८ असार । सत्ता समीकरण परिवर्तनसँगै मंगरबार सेयर बजारमा सर्किट ब्रेक भएकाे छ ।
कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियाे ।
बजार पुन सुरू भएसँग नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ दशमलव ६८ अर्थात ५ प्रतिशतले बढेकाे छ । नेप्से परिसूचक १०२.६८ अंकले बढेर दोस्रोपटक ४० मिनेटका लागि कारोबार बन्द भएको हो।
यस अवधिमा एनआइसी एसिया बैंककाे सेयर १० प्रतिशतले बढेकाे छ ।