साताको अन्तिम कारोबार दिन दाेहाेराे अंकले बढ्याे नेप्से
काठमाडाैं, २० असार । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक १५.४६ अंकले बढ्दै २११९.६९ विन्दुमा पुगेकाे छ ।
नेप्से परिसूचक सँगै आज कारोबार रकम पनि बढेको छ।बिहीबार २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ। यसअघि बुधबार ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको थियो।
आज फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूह बढ्दा परिसूचकसँगै कारोबार रकम बढेको छ।