Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

सरकारले बढायो धानको समर्थन मूल्य

सरकारले बढायो धानको समर्थन मूल्य

काठमाडाैं, २१ असार । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य ताेकेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१ र मध्यम धानको प्रतिक्विन्टल रु ३५८०.६२ तोकिएको हाे ।

मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टलमा दुई सय १८ रुपैयाँ ६२ पैसा र मोटा धानको समर्थन मूल्य दुई सय १२ रुपैयाँ ५१ पैसाले बढाएको हो ।

अघिल्लो वर्षका लागि सरकारले मोटा धानमा दुई सय ३१ र मध्यम धानमा दुई सय ३४ रुपैयाँ प्रतिक्विन्टल बढाएको थियो । जसअनुसार मध्यम धानको तीन हजार तीन सय ६२ रुपैयाँ र मोटा धानको तीन हजार एक सय ९८ रुपैयाँ कायम भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x