Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

६ महिनामा ५ लाख ८३ हजार पर्यटक नेपाल भित्रिए

६ महिनामा ५ लाख ८३ हजार पर्यटक नेपाल भित्रिए

काठमाडाैं, २१ असार । सन् २०२४ को जुनमा मात्र ७६ हजार ७ सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।मे महिनामा ९० हजार २११ पर्यटक भित्रिएका थिए । मे काे तुलनामा नेपाल आउने पर्यटककाे संख्या घटेकाे हाे ।

तर सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा ४ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल आएका थिए।

जुन महिनामा पनि सबैभन्दा बढी पर्यटक भारतबाटै आएका छन् । एक महिनामा ३७ हजार आठ सय ३५ पर्यटक नेपाल आएको तथ्यांक छ ।

यस्तै, अमेरिकाबाट ८ हजार दुई सय ८१ पर्यटक, चीनबाट सात हजार चार सय ९४, बंगलादेशबाट तीन हजार आठ सय ५७, युकेबाट एक हजार नौ सय ६९, अस्ट्रेलियाबाट एक हजार पाँच सय ८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट नौ सय ५३, साउथ कोरियाबाट आठ सय ७५ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

सन् २०२४ को पहिलो ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ । गत वर्षको सोही अवधिमा ४ लाख ७६ हजार चार सय ८१ पर्यटक नेपाल घुम्न आएको तथ्यांक छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x